कसले के भन्यो दया र प्रियंकाको ‘लाल्टिन’ लाई?

loading...

चलचित्र ‘लाल्टिन’ जेठ २६ गते बाट रिलिज हुने तयारीमा रहेको छ। दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल लगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्रको प्रचारप्रसार यतिबेला तीव्र रुपमा चलिरहेको छ।

यहि क्रममा चलचित्रको प्रचारप्रसारमा अन्य कलाकारले पनि साथ दिन थालेका छन्। चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वले ‘लाल्टिन’ हेर्न उत्सुक रहेको बताएका छन्। चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राई, निर्देशक मिलन चाम्स लगायत धेरैले चलचित्र हेर्नको लागि आफु उत्सुक रहेको र सवैलाई हेर्न समेत आग्रह गरेका छन्।

देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्रमा दया, प्रियंकाको अलावा केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही, ए। गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । लामो समय पछि यस चलचित्रमा दयाहाङ राई र प्रियंका कार्कीको जोडीलाई हामीले संगै देख्न पाउँछौ । यस्तै प्राय दर्शकको गुनासो हुन्छ दयाहाङ राईको किन एउटै भुमिकामा तर, लाल्टिनमा दयाहाङलाई डनको भुमिकामा देख्न सकिन्छ । ठुलो बजेटको साथमा स्टारकास्ट पनि राम्रो भएको कारण यो चलचित्र प्रतिक्षित बनेको छ । भानु प्रतापको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको लगानी छ ।

Comments

comments