के साम्राज्ञी र निखिल देखिदैछन् एकै चलचित्रमा?

loading...

‘ड्रिम्स’ डेव्यु गर्ल साम्राज्ञीराज्य लक्ष्मी शाह पछिल्लो समय निकै व्यस्त छिन्। अनमोल केसी स्टारर चलचित्र ‘ड्रिम्स’ मार्फत एकाएक उदाएकी उनले बर्ष २०७३ मा आयोजना भएका सबै अवार्ड समारोहमा नव-नायिकाको अवार्ड उचालिन्।
बर्ष २०७३ मा उनि अभिनित कुनै पनि चलचित्र प्रदर्शनमा नआएपनि उनि चलचित्र छायाँकनमा निकै व्यस्त बनिन्। उनले यो बर्ष मात्रै तीनवटा चलचित्रको छायाँकन सम्पन्न गरेकी छिन्. ‘ए मेरो हजुर २’, ‘तिमि संग’ र ‘मंगलम’ को छायाँकन उनले सम्पन्न गरेकी छिन्।


‘ए मेरो हजुर २’ र ‘तिमि संग’ मा मुख्य भूमिकामा रहेकी शाहा ‘मंगलम’ मा केमियो भूमिकामा रहेको जानकारी गराईएको छ। पछिल्लो समय उनलाई लिएर चलचित्र निर्माण गर्न निर्माताहरु लालायित हुन्छन्। तर साम्राज्ञीलाई चलचित्रमा लिन पनि त्यति सहज नभएको निर्माताहरु बताउने गर्छन्। साम्राज्ञी चलचित्रमा काम गर्न चर्को पारिश्रमिक माग्ने गरेको अभिव्यक्ति पनि बेला बेलामा सुनिने गरिन्छ।

लगातार तीनवटा चलचित्रको छायाँकन सम्पन्न गरेर रिलिजको पर्खाईमा रहेकी साम्राज्ञीले पछिल्लो समय एक्सन अभिनेता निखिल उप्रेती संग एक तस्विर शेयर गरेकी छिन्।
‘पिंजडा व्याक अगेन’ को छायाँकनमा उपत्यका बाहिर रहेका निखिल संग साम्राज्ञीले शेयर गरेको तस्वीरले कतै यी दुई एकै फ्रेममा देखिन लागेका हुन् कि भन्ने अड्कलबाजी चलचित्र नगरीमा काट्न थालिएको छ।
अव यी दूई ‘पिंजडा व्याक अगेन’ वा अरु कुनै प्रोजेक्टमा संगै देखिने छन् या छैनन् त्यो भने चाडै थाहा होला?

Comments

comments