तीन तस्विरमा हेर्नुहोस् साली संग निखिलको क्यामेष्ट्री (फोटोफिचर)

loading...

पछिल्लो समय अभिनेता निखिल उप्रेती दोश्रो चलचित्र निर्देशन गर्दैछन्। विग बजेट प्रोजेक्ट चलचित्र ‘कमिटमेन्ट’ मा चर्चित भारतीय कलाकारहरुलाई लिएर निखिलले चलचित्र निर्माण गरिरहेका छन्।

तीन करोड बढी लगानी रहने बताईएको चलचित्र मार्फत एक नयाँ अभिनेत्रीको नेपाली रजतपटमा प्रवेश हुदैछ। शिवानी लुईटेल यहि चलचित्र मार्फत नेपाली चलचित्रमा आफ्नो भविष्यको गोरेटो कोर्ने प्रयासमा छिन्। शिवानी अभिनेत्री संचिता लुईटेलकी बहिनि हुन्।

आफ्नै सालीलाई लिएर चलचित्रमा काम गर्न लागेका निखिल पारिवारिक हिसावले शिवानिलाई चलचित्रमा नलिएको बताउछन्। शिवानी चलचित्रको लागि फिट छिन् त्यसैले हामीले उनलाई चलचित्रमा लिएका हौ।

निखिल उप्रेती फरक लुक्समा देखिने बताईएको चलचित्रमा निखिल र शिवानीको क्यामेष्ट्री तस्विरमा प्रस्तुत गरेका छौ।

 

तस्विर: गोपालकाजी कायस्थ

Comments

comments