बलिउड कलाकारको साथमा निखिल उप्रेतीको साढे २ करोड बढी लगानीमा ‘कमिटमेन्ट’

loading...

अभिनेता निखिल उप्रेतीले नयाँ चलचित्र निर्देशन गर्ने घोषणा गरेका छन्। ‘भैरव’ चलचित्र मार्फत नेपाली चलचित्रमा निर्देशकको रुपमा आएका निखिल उप्रेतीको निर्देशकीय भूमिकामा यो दोश्रो चलचित्र रहने छ। एक्सन स्टारको छवी बनाएका निखिलले निर्देशन गर्ने दोश्रो चलचित्रको नाम ‘कमिटमेन्टः सिख्टी हावर्स’ राखिएको छ।

शनिबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको घोषणा गरिएको हो। भारतको चलचित्र निर्माण कम्पनी प्रामा इन्स्टूमेन्ट्स सँगको सहकार्यमा निखिलले यो चलचित्र निर्माण गर्न लागेका हुन्।
अमेरिका, थाइल्यान्ड, सिंगापुर, भारत र नेपालमा छायाँकन हुने चलचित्रको एक्सन खिच्नको लागि मात्रै एक करोड खर्च हुने जानकारी दिईएको छ।

चलचित्रमा ७० प्रतिशत हिन्दि भाषा, २० प्रतिशत नेपाली भाषा र १० प्रतिशत अंग्रेजी भाषाको प्रयोग हुनेछ।
एक्सन सिनको साथमा बलिउडका चर्चित कलाकारलाई लिएर चलचित्रमा काम गर्न लागेको हुनाले चलचित्रको बजेट महंगो भएको निखिलले जानकारी दिए।

चलचित्रको कथावस्तु बारे बोल्दै निखिलले भने,’एक व्यक्तिलाई मुम्बईबाट रेस्क्यु गरेर ल्याउन एक व्यक्तिले गरेको ६० घन्टाको प्रतिवद्धतानै चलचित्रको मुख्य कथा हो।’
यो चलचित्रमा बलिउडका चर्चित कलाकार रंजित, स्याजी सिन्दे, अनन्त जोग, अलि जफर, नान्सीको मुख्य भूमिका रहेको छ। लिड नायिका फाईनल भैनसकेको चलचित्रमा छायांकन जुनबाट सुरुहुनेछ।

Comments

comments