दशैमा आउने भो निखिलको ‘पिंजडा व्याक अगेन’

loading...

१८ वर्ष अगाडी निखिल उप्रेतीले चलचित्र ‘पिंजडा’ बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेका थिए। देशभक्त खनालले निर्देशन गरेको चलचित्र ‘पिंजडा’ को सिक्वेल बन्ने भएको छ।

हिमाल केसीले निर्देशन गर्ने चलचित्रमा मौनता श्रेष्ठको कथा रहेको छ । दशैमा रिलिज गर्ने तयारिमा रहेको चलचित्रको पोष्टर सार्वजनिक गरिएको छ । श्रीराम बराल प्रस्तुतकर्ता रहेको चलचित्रमा रोहित पुरी, गोविन्द गैरे, चन्द्रबहादुर अधिकारीको लगानी रहेक छ । सार्वजनिक पोस्टरमा निखिल उप्रेतीलाई देखाईएको छ। चलचित्र ‘पिंजडा’ मा कान्तिपुरको आठ तलाबाट हाम फालेर चर्चा कमाएका निखिलको ‘पिंजडा व्याक अगेन’ को पोस्टरको पछाडी कान्तिपुरको भवन बाट हाम फालेको दृश्य समावेश गरिएको छ ।

Comments

comments