निखिलको एक्सनले भरपुर ‘रुद्र’ ट्रेलरमा सारा र विश्वको प्रेमको तड्का (ट्रेलर)

loading...

एक्सन स्टार निखिल उप्रेती स्टारार चलचित्र ‘रुद्र’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । नव कलाकार सारा र विश्व शर्माको प्रेम जोडी देखाईएको ट्रेलरमा निखिल यी दूईको प्रेममा भिलेनको रुपमा प्रस्तुत भएको देख्न सकिन्छ। निखिल पहिलोपटक भिलेनको रुपमा चलचित्रमा प्रस्तुत हुदैछन्।

कार्यक्रममा बोल्दै निखिलले आफ्नो चलचित्र बलिउड चलचित्रबाट प्रभावित भएको बताएका छन्। उनले हरेक सिनेमा कहि न कहि बाट प्रभावित हुने बताउदै त्यसलाई ठुलो वहसको विषय वनाउन आवश्यक नरहेको बताए।

साउन १३ गतेबाट रिलिज हुने तयारी रहेको चलचित्रमा निखिलका साथमा सारा, विश्व शर्मा, रोयदिप श्रेष्ठ, जितेन लामा लगायतका कलाकारको अभिनय छ । निखिल उप्रेती प्रोडक्सन र विश्व प्रोडक्सनको व्यानरमा बनेको चलचित्रलाई रामजी लामिछानेले निर्देशन गरेका छन्।

Comments

comments