जव निश्चल र स्वस्तिमाले एक साथ लगाए ठुम्का

loading...

नेपाली चलचित्र क्षेत्रको हट केक जोडी हो, निश्चल बस्नेत र स्वस्तिमा खड्का। सामाजिक संजालमा निकै लोकप्रिय जोडीलाई राष्ट्रिय दाई भाउजुको उपमा पनि दिइन्छ। चर्चित यो जोडीलाई चलचित्रको पर्दामा हेर्ने धेरैको चाहाना छ।

यो चाहाना थोरै मात्रामा भए पनि पुरा हुने भएको छ। छायाँकनरत चलचित्र ‘२ रुपैयाँ’ को एक गीतमा निश्चल र स्वस्तिमाले संगै ठुम्का लगाएका छन्।
पछिल्लो समयाका चर्चित संगीतकार तथा गायक राजनराज शिवाकोटीको संगीतमा तयार भएको गीतमा मेलिना राई र राजनराजको आवाज रहेको छ।
‘कुटुमा कुटु सुपाडी दाना’ बोलको गीतको तालमा तल मिलाउदै निश्चल र स्वस्तिमाले कम्मर मर्काएका छन्। शनिबारदेखि गोकुलम रिसोर्टमा सेट लगाएर गीतको छायाँकन भैरहेको छ।
निश्चल वस्नेत, आशिफ शाह, बुद्धि तामाङ लगायतका कलाकार मुख्य भूमिकामा रहेको चलचित्रमा स्वस्तिमा अतिथि भूमिकामा रहेकी छिन्। चलचित्र भदौ २३ गतेदेखि रिलिज हुने तयारीमा रहेको छ।

Comments

comments