‘सेन्सर गरेर एडल्ट सर्टिफिकेट दिए अदालत सम्म पुग्छु’- निश्चल बस्नेत

loading...

बिहिबार राजधानीमा पत्रकार सम्मेलन मार्फत बहुप्रतिक्षित चलचित्र ‘लुट २’ को ट्रेलर सार्वजनिक गरिएको छ। बर्ष २०६९ सालको सफल चलचित्र ‘लुट’ को सिक्वेलको ट्रेलर सार्वजनिक कार्यक्रमा बोल्दै निश्चलले ‘लुट २’ लाई सेन्सर गरेर एडल्ट सर्टिफिकेट दिए अदालत सम्म पुग्ने बताएका छन्।

लुट चलचित्रलाई सेन्सर पछी युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको थिएन। उनले त्यो बेला आफु नया भएकाले तथा रिलिज मिति नजिक सेन्सर भएकाले आफुले केहि गर्न नसकेको भए पनि अब चै आफु सेन्सर अनुसार प्रतिबाद गर्ने बताए।
लुटमा जत्तिको भल्गर शब्द प्रयोग ‘लुट २’मा नभएको निर्देशक निश्चलले बताए। उनले सेन्सर बोर्डमा बसेका मान्छेले पनि कुरा बुझ्न आग्रह गरे।

Comments

comments