‘भूकम्प र नाकाबन्दीले ‘लुट २’ को कथा जन्माएको हो’- निश्चल बस्नेत(भिडियोसहित)

loading...

पछिल्लो समय चलचित्र दर्शकको लागि केहि हट केक बनेको छ भने त्यो चलचित्र ‘लुट २’ नै हो । फाल्गुन १३ गते शुक्रबार बाट बर्ष २०७३ बहुप्रतिक्षित मानिएको चलचित्र ‘लुट २’ रिलिजको लागि तयार भएको छ । केहि दिन अगाडी मात्र चलचित्रमा समावेश ‘ठमेल बजार’ गीतले १ करोड भ्युअर्स कमाउन सफल भएको छ । ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाएको चलचित्र प्रति दर्शकले निकै चासोको रुपमा लिएका छन् । मल्टिप्लेक्समा आक्रामक बुकिङ भएको चलचित्रको ईनिसियल व्यापार आक्रामक हुने देखिएको छ।


सफल चलचित्र ‘लुट’ को सिक्वेल ‘लुट २’ को कथा लेखन सम्झदै निश्चल भन्छन्,’ भूकम्प र नाकाबन्दीले चलचित्रको कथा जन्मायो । भूकम्प र नाकाबन्दी पछी नै हाक्कु काले जस्ता पात्रहरु बढी सक्रिय हुने र सोहि माहोलमा चलचित्रको कथा जन्मिएको हो ।’

निश्चल थप्छन, ‘व्यापारिक हिसाबले चलचित्र सफल बन्ने कुरामा म ढुक्क छु। चलचित्रको ईनिसियल व्यापार आक्रामक हुने कुरा पनि मलाई थाह छ। तर मलाई व्यापारिक हिसाबले सफल मात्र नभई दर्शक र समीक्षाको राम्रो प्रतिक्रिया समेत पाउनु छ।’

त्यसो त निर्माता माधव वाग्लेले चलचित्र रिलिजको २१ दिनमा नै ‘छक्का पन्जा’ ले राखेको सर्वाधिक कमाईको रेकर्ड ब्रेक गर्ने उद्घोष गरिसकेका छन्।  सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, ऋचा शर्मा लगायतका कलाकार लिड अभिनयमा रहेको चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका छन्।

 

Comments

comments