‘प्रेमीहरुको खडेरी लागेको कारणले नै होला म सिंगल नै छु,’निशा अधिकारी'(भिडियोसहित)

loading...

अभिनेत्री निशा अधिकारीलाई नेपाली सिनेमा क्षेत्रकी साहासी अभिनेत्रीको रुपमा चिनिने गरिन्छ। मिस ईन्टरनेसनल नेपाल, २००५ निशा नेपालकी चर्चित मोडल र कुनै समयकी चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता समेत हुन्। २००९ मा प्रदर्शन भएको चलचित्र मिसन पैसा उनको पहिलो प्रदर्शनमा आएको चलचित्र हो। तर उनि २०१० मा रिलिज भएको चलचित्र ‘फर्स्ट लभ’ मार्फत नेपाली दर्शक माझ लोकप्रिय बनिन्।


धेरै चलचित्रमा काम गरेकी निशाले व्यवसायिक हिसाबले भने धेरै कम मात्रै सफल चलचित्र दिएकी छिन्। विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर चर्चा बटुल्न सफल निशा आफुलाई प्रकृति प्रेमी भन्न रुचाउछिन्। प्रकृतिमा रमाउन रुचाउने नीशाको ‘कुम्भकरण’ चलचित्र रिलिजको तयारीमा रहेको छ।

केहि बर्ष अगाडी सम्म क्रिकेटर शरद भेष्वाकर संग प्रेम सम्बन्धमा रहेको निशा अधिकारि यतिबेला आफु सिंगल रहेको बताउछिन्। निशा स्वयमले शरद संगको प्रेम सार्वजनिक गरेकी थिइन्। केहि बर्ष चलेको दुवैको प्रेम टुटेको थियो। प्रेम सम्वन्ध टुटे लगत्तै निशा अमेरिका गएकी थिइन्। शरद संग विवाहको योजना समेत बनाएकी निशा ब्रेकअप पछि अहिले आफ्नो कसैसंग प्रेम नभएको बताउछिन्। उनि भन्छिन्,’प्रेमीहरुको खडेरी लागेको कारणले नै होला म सिंगल नै छु।’

आफुलाई प्रकृति प्रेमी भन्न रुचाउने निशाको जीवनमा फेरी प्रेमको रंग कहिले पोतिएला त्यो भने निशा स्वयमलाई थाहा होला?

Comments

comments