क्रिकेटर शरद भेष्वाकर संग विवहा गर्दै निशा अधिकारी

loading...

सिने नगरी पछिल्लो समय प्रेम चर्चाले निकै गर्माएको छ। केहि समय अगाडी मात्रै अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको प्रेम सम्बन्धले मिडियामा निकै राम्रो चर्चा पायो। दुवैको प्रेमको चर्चा केहि मथ्थर हुन नपाउदै अभिनेत्री निशा अधिकारीको प्रेम सम्बन्धको चर्चा यतिबेला गर्माएको छ। केहि समय अगाडी अभिनेत्री निशा अधिकारी क्रिकेटर शरद भेष्वाकर संग प्रेममा रहेकी थिइन्। आफैले सार्वजनिक गरेको प्रेम उनि स्वयमले सम्बन्ध सकिएको घोषणा गरेकी थिइन्।


तर यतिबेला निशाले शरद संग विवहा गर्न लागेको खबर बाहिरिएको छ। अभिनेत्री निशा पोखराको काली छायाँकानको लागि चितवनमा रहेकी छिन्। तर शरद त्यहाँ पुगेर निशा संग रहेको तस्विर बाहिरिएको छ।
कति सम्म भने दुवैले असार दोश्रो साता विवहा गर्ने खबरले यतिबेला मिडियामा राम्रो स्थान पाईरहेको छ। यहि बिषयमा सम्पर्क गर्न खोज्दा निशा सम्पर्कमा आउन चाहान्न।
हिम्मतवाली अभिनेत्रीको ट्याग पाएकी निशाको यो चर्चा सहि हो या होईन त्यो भने स्वयम् निशालाई थाहा होला।

Comments

comments