सलमान माथि पाकिस्तानी अभिनेत्रीको एकपछी अर्को आरोप

loading...

बलिउड अभिनेता सलमान खानको निकै ठुलो फ्यान फलोईङ रहेको छ। विश्वभर बाट निकै राम्रो तारिफ पाउने गरेका सलमान माथि पाकिस्तानी अभिनेत्रीहरुले पछिल्लो समय एकपछि अर्को आरोप लगाईरहेका छन्।

केहि दिन अगाडी मात्रै पाकिस्तानी अभिनेत्री सवा कमरले सलमानलाई घमण्डी र आफ्नो मनोमानी चलाउने अभिनेताको आरोप लगाएकी थिइन्।
यही क्रममा अर्की अभिनेत्री तथा गायिका रबि पिरजादाले सलमानलाई पाकिस्तानी युवाहरु बिगारेको आरोप लगाएकी छिन्।
उनले एक पाकिस्तानी मिडिया मार्फत सलमानका चलचित्रले पाकिस्तानी युवाको करियर ध्वस्त भैरहेको वताएकि छिन्।
बलिउड चलचित्रले पाकिस्तानमा अपराध बढाएको उनले बताएकी छिन्। उनले थपिन् सलमानका चलचित्रले युवाहरुलाई अपराध गर्न प्रोत्साहन गराईरहेका छन्। -एजेन्सी

Comments

comments