कति सुहायो कोशिस र नम्रताको जोडी ?

loading...

जेठ १२ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘पर्व’ को नयाँ गीत सार्वजनिक भएको छ। केतन क्षेत्रीको आवाजमा रहेको ‘जिन्दगानी तिमि’ बोलको गीत सार्वजनिक गरिएको हो। कोशिस क्षेत्रीको शब्द र संगीत रहेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। सार्वजनिक गीतमा कोशिश क्षेत्री र नम्रता श्रेष्ठ फिचरीङमा रहेका छन्।

केहि समय अगाडी सार्वजनिक ‘काले दाई’ बोलको गीतले भर्खरै मात्र १ करोड भ्युअर्स पाएको छ। ट्रेलर रिलिज पछी सकारात्मक प्रतिक्रिया बटुलेको चलचित्रमा कोशिस क्षेत्री, नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको अभिनय रहेको छ। दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रमा निखिता पौडेल र सुबास गिरीको लगानी रहेको छ। कोशिस क्षेत्रीको कथामा निर्माण भएको चलचित्रलाई बनिश शाहले सम्पादन गरेका छन्।

Comments

comments