एक महिनाको अन्तरमा दूई चलचित्र प्रदर्शनमा, पल शाहलाई घाटा कि फाईदा

loading...

मोडलिङ क्षेत्रमा सर्वाधिक लोकप्रिय नाम हो, पल शाह। मोडलिङ दुनियाँबाट निकै ठुलो सफलता हात पारेका पलले ‘नाइँ न भन्नुल ४’ बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेका थिए। पहिलो चलचित्रबाट नै सफलताको स्वाद चाख्न सफल भएका पलले बर्षको नव-नायकको धेरै अवार्ड समेत थाप्न सफल भए।

पछिल्लो समय पल शाहको व्यस्तता निकै बढेको छ। उनि अभिनित दुई चलचित्र ‘जोनी ज्यान्टलम्यान’ र ‘म यस्तो गीत गाउँछु’ ले आफ्नो प्रदर्शन मिति तय गरिसकेका छन्।
दोश्रो प्रोजेक्टको रुपमा ‘जोनी ज्यान्टलम्यान’ मा अभिनेत्री आँचल शर्मा संग जोडी बाधेर पलले काम गरेका छन्। दुवैले ‘नाइँ न भन्नुल ४’ मार्फत नै नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेका हुन्। दुवैको प्रेम सम्वन्धको चर्चाले पनि बेलाबखत मीडियामा निकै राम्रो गसिप पाउने गर्दछ। नितिन चन्दको निर्देशनमा तयार भएको चलचित्र जेठ १९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ।

त्यस्तै निर्माण घोषणा संगै चर्चा बटुल्न सफल चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा पल शाहले पुजा शर्मा संग जोडी बाधेका छन्। प्रेमभाव व्यक्त गर्ने चलचित्रमा निकै सफल मानिएका निर्देशक सुदर्शन थापा र पछिल्लो चलचित्र ‘प्रेमगीत’ हिट दिएकी पुजा शर्मा संग पल शाहको नाम जोडीए पश्चात पनि चलचित्र ‘म यस्तो गीत गाउँछु’ लाई दर्शक र चलचित्र समीक्षकले नजिक बाट नियालीरहेका छन्। चलचित्रले असार ३० गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ।

यसअर्थमा करिव एक महिनाको अन्तरमा पल शाहको दूईवटा चलचित्र रिलिज तयारीमा छन्। एउटा राम्रो कलाकारलाई यति छोटो समयमा आफ्ना दूई चलचित्र एकसाथ प्रदर्शनमा आउदा दर्शकको साथ कस्तो मिल्ने हो भन्ने तनाव एकातर्फ हुनेगर्दछ भने अघिल्लो रिलिज चलचित्रको नतिजाले पक्कै पछिल्लो रिलिजलाई समेत असर पार्ने छ।

अव महिना दिनको अन्तरमा दूई चलचित्र प्रदर्शना आउँदा पल शाहलाई फाईदा हुने हो या घाटा त्यो चै रिलिज पश्चात थाह होला?

Comments

comments