के ‘म यस्तो गीत गाउँछु’ ले धान्ला पुजाको क्रेज?

loading...

पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री हुन्, पुजा शर्मा। अभिनय संगै विभिन्न कन्ट्रोभर्सिमा आएर चर्चामा आउने पुजा शर्मालाई ‘प्रेमगीत’ चलचित्रले दर्शकमाझ परिचित बनायो। प्रेमगीत अगाडी केहि चलचित्रमा अभिनय गरे पनि पुजाले दर्शकमाझ आफुले सोचेजस्तो उचाई बनाउन सकेकी थिइनन्।

 

नेपाली चलचित्र क्षेत्रमा उनलाई स्थापित गर्न ‘प्रेमगीत’ सफल भयो। तर जति प्रेमगीत चल्यो त्यो भन्दा बढी कन्ट्रोभर्सी नै भयो । नायिका शर्मा आफ्नो अभिनय भन्दा पनि चलचित्रको कन्ट्रोभर्सीले चर्चामा आईन । चलचित्रले धेरै अवार्ड हात पार्न सफल भयो। सुदर्शन थापा निर्देशित चलचित्रले पूजालाई एउटा उचाईमा पुर्यायो।

यतिबेला उनि चलचित्र ‘प्रेमगीत’ को शिर्ष गीत बाट नाम साभार गरेर तयार पारेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ प्रदर्शनको पर्खाईमा रहेकी छिन्। सुदर्शन थापा संग लगानीमा सहकार्य गरेर पूजाले निर्माण गरेको चलचित्रबाट उनलाई प्रेमगीत चलचित्र पश्चात पाएको चर्चा र उचाई कायम राख्ने चुनौती रहेको छ।

प्रेमगीतको निर्माण टिम छुटिए पछि पुजाको लगानी र सुर्दशन थापाको निर्देशनमा म यस्तो गीत गाउँछु तयार भएको हो। चलचित्रमा पुजा र नायक पल शाह मुख्य भुमिकामा छन् । आउँदो असार ३० गते प्रदर्शन मिति तय भएको उक्त चलचित्रको केहि गीतहरु सार्वजानिक भइसकेका छन् । जुन गीतले यतिबेला चर्चा पाइरहेको छ भने पल र पुजाको जोडीलाई धेरैले रुचाएका छन् ।

गीतमा पल र पुजाको क्यामेष्ट्री रुचाईएपनि चलचित्र कस्तो बनेको छ भन्ने चासो सवैतीर रहेको छ। चुलबुले स्वभावको कारण पनि उनलाई धेरैले रुचाउदै आएका छन्।
उकालो लाग्दो पुजाको करियरमा ‘म यस्तो गीत गाउँछु’ ले सहयोग गर्ला वा नगर्ला त्यो भने असार ३० पछी थाहा होला।

Comments

comments