सलमानको ‘दबंग ३’ निर्देशन प्रभु देवाले गर्ने

loading...

सलमान खानका हरेक चलचित्र प्रतिक्षित बन्ने गरेका छन्। सोहि दौरानमा चलचित्र ‘दबंग ३’ को पनि चर्चा रहेको छ। केहि समय अगाडी अरबाज खानले निर्देशन गर्ने बताईएको चलचित्रको निर्देशनको जिम्मेवारी अब भने प्रभु देवाले लिएका छन् ।  सन् २००९ मा यी दूईको जोडीले चलचित्र ‘वान्टेड’ दर्शकको लागि दिएका थिए।


‘दबंग’ को टूईवटा सिक्वेल नै निकै चर्चित रहेका छन्। चलचित्र ‘दबंग’ लाई अभिनव कश्यपले निर्देशन गरेका थिए भने ‘दबंग २’ लाई अरबाज खानले निर्देशन गरेका थिए। यतिबेला सलमान ‘टाइगर जिन्दा है’ को सुटिङमा व्यस्त छन् भने यो पछाडी उनि रिमो डिसुजाको डान्स ड्रामा चलचित्रमा व्यस्त हुनेछन्।

Comments

comments