पर्दामा एकसाथ देखिन सक्नेछन् बाहुबली र देवसेना

loading...

बक्स अफिसमा धमाल मच्चाउन सफल चलचित्र ‘बाहुबली २’ मा प्रभास र अनुष्काको जोडी दर्शकमाझ प्रिय बन्यो। रेकर्ड तोड प्रदर्शन गर्न सफल चलचित्रको यो जोडीलाई दर्शकले फेरी एकसाथ देख्ने सम्भावना बढेको छ।


‘बाहुबली’ को सफलता पछी प्रभास ‘सोहो’ चलचित्र छायाँकनको तयारीमा रहेका छन्। छायांकन अगावै चलचित्रको टिजर सार्वजनिक भैसकेको छ। सार्वजनिक टिजरलाई दर्शकले निकै राम्रो प्रतिक्रिया समेत जनाईसकेका छन्।
चलचित्रको लिड एक्ट्रेस अहिलेसम्म फाइनल भएको छैन। चलचित्रमा बलिउड अभिनेत्रीहरुको समेत चर्चा चलाईएको थियो।
तर, अब चर्चा छ कि ‘बाहुबली २’ को हिट जोडी फेरी एकपटक देखिने लगभग पक्का भएको छ ।

बलीउड लाइफका अनुसार, अनुष्का शेट्टीसँग साहोलाई लिएर कुराकानी भैरहेको छ । खबर छ कि अनुष्का शर्मालाई यो चलचित्रको लागि फाइनल गरिसकेको छ । यदी यो खबर साँचो हो भने बाहुबलीका फ्यानका लागि यो खबर सुखद हुन सक्छ ।

Comments

comments