अभिनेता प्रभाषले २० मिनेट लामो द्वन्दको दृश्यका लागि लिए ३० करोड भारु

loading...

साउथ सुपरस्टार प्रभाषको नयाँ चलचित्र प्रदर्शनको तयारीमा रहेको छ। निकै सफल चलचित्र ‘बाहुबली’ अभिनेता प्रभाषले एक चलचित्रको २० मिनेट लामो दृश्यका लागि ३० करोड भारु लिएको समाचार बाहिरिएको छ। एक्सनले भरपुर चलचित्र हिन्दि, तामिल र तेलगु भाषामा निर्माण हुने बताईएको छ। उक्त चलचित्रको द्वन्दको दृश्य हलिउडका चर्चित निर्देशक केनी बेटीजले निर्देशन गर्नेछन्।


२००२ मा तेलगु चलचित्रबाट करियर सुरु गरेका प्रभाषको बहुप्रतिक्षित चलचित्र ‘बाहुबली: द कनक्लुजन’ रिलिजको तयारीमा रहेको छ। एस एस राजमौलिली निर्देशन गरेको चलचित्र २८ अप्रिल मा रिलिज हुने तयारीमा रहेको छ।- एजेन्सी

Comments

comments