‘प्रेमगीत २’ ले बोलेको प्रेम र एक्सन, कति सुहायो प्रदिप र अश्लेषाको जोडी? (भिडियो)

loading...

बर्षको बहुप्रतिक्षित मानिएको चलचित्र ‘प्रेमगीत २’ को ट्रेलर रिलिज भएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमको विचमा चलचित्र ट्रेलर सार्वजनिक गरिएको हो। बर्ष २०७२ मा रिलिज प्रेमगीत को सिक्वेल चलचित्र कस्तो बनेको छ भनेर हेर्नको लागि दर्शक निअकी उत्साहित सेमत रहेका छन्।

आशुसेन फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा प्रेमलाई पुन:परिभाषित गर्न खोजिएको निर्माण टिमले जनाएको छ। प्रेम र एक्सन दर्शाईएको ट्रेलर लोभलाग्दो बनेको छ।
रामशरण पाठकले निर्देशन गरेको चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरी, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ। नेपाल, थाइल्याण्ड र म्यानमारका आकर्षक लोकेशनमा खिचिएको चलचित्रलाई सन्तोष शेनले निर्माण गरेका हुन्।

Comments

comments