प्रियंका लिड रोलमा लिएर ‘वीर विक्रम २’ घोषणा, के दोहोरिएलान् दयाहाङ?

loading...

भदौ महिनामा रिलिज भएको सफल चलचित्र ‘वीर विक्रम’ को सिक्वेल निर्माणको घोषणा भएको छ। दर्शकको राम्रो प्रतिक्रिया पाएको र व्यवसायिक हिसाबले सफल बनेको चलचित्रको सिक्वेल निर्माणको घोषणा निर्देशक मिलन चाम्सले गरेका हुन्।युटुवमा रिलिज पछी पनि निकै राम्रो प्रतिक्रया बटुलेको चलचित्रको सिक्वेलको स्क्रिप्ट याम थापाले लेखेका छन्। निर्देशक चाम्सले थापालाई पाँच लाख दिएर चलचित्रको स्क्रिप्ट खरिद गरेको बताएका छन्। आगामी बर्षको मंसिर महिनाबाट फ्लोअरमा जाने तयारीमा रहेको चलचित्रमा प्रियंका कार्की मुख्य भूमिकामा रहनेछिन्।

‘वीर विक्रम’ चलचित्रका अधिकंश कलाकार चलचित्रमा दोहोरिने बताईएको छ। लिड अभिनेता को रहने भन्ने टुंगो नलागे पनि दयाहाङ राई नै मुख्य भूमिकामा दोहोरिने सम्भावना रहेको छ।
प्रियंका र मिलन संगको राम्रो मित्रता र अघिल्लो चलचित्रमा अभिनयबाट पाएको प्रशंसाले पनि दयाहाङ चलचित्रमा मुख्य भूमिकामा रहने सम्भावना प्रवल रहेको छ।

Comments

comments