लेखुको शब्दमा पुरुषोत्तमको आवाज, यस्तो बनेर आयो ‘चल्दैचल्दैन’ गीत

loading...

चलचित्र किस्मत २ को ‘तिम्रो पिक्चर हिट’ बोलको गीतले निकै राम्रो चर्चा पायो। गीतको चर्चा बढेसंगै गीतका रचनाकार लेखु सहयात्रीको चर्चा समेत चुलियो। उनै लेखुले सिर्जना गरको नयाँ गीत रिलिज भएको छ। पुरुषोत्तम सुवेदीले आवाज दिएको ‘चल्दै चल्दैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। 
विक्रम राईको संगीतमा तयार भएको गीतको भिडियोमा जीवन जंग थापा र अनिता चन्द फिचरिङमा रहेका छन्।
भीम थापाले निर्देशन गरेको भिडियोलाई जयराम थापाले खिचेका छन्। सिन्धुली र काठमाडौंमा भिडियो खिचिएको छ।

Comments

comments