कस्तो कोरिएला ‘दर्पण छायाँ २’ मार्फत पुष्पल र साहाराको भविष्यको गोरेटो?

loading...

करिव १६ बर्ष पहिले ‘दर्पण छायाँ’ चलचित्र प्रदर्शनमा आयो। तुलसी घिमिरेको निर्देशनमा बनेको चलचित्र नेपाली चलचित्र ईतिहासमा एउटा स्वर्णिम चलचित्र बनेर रह्यो। मित्रता र प्रेमको कथा बोकेको चलचित्र त्यो समयको नेपालको सवैभन्दा बढी ग्रास कलेस्कन गर्ने चलचित्र बन्यो। २०१४ मा प्रदर्शनमा आएको चलचित्र कोहिनुरले त्यो रेकर्ड ब्रेक गर्नु भन्दा अगाडी ‘दर्पण छायाँ’ व्यावसायिक हिसावले निकै सफल चलचित्र बन्यो। समीक्षाको उत्कृष्ट प्रतिक्रिया पाउन सफल चलचित्र मार्फत दिलिप राईमाझी, निरुता सिंह, उत्तम प्रधान नेपाली चलचित्र क्षेत्रमा उदाए। राज र स्मृतिको सुन्दर मित्रता र प्रेमको कथा बोकेको चलचित्रको नाम बाट नै सापटी लिएर तुलसी घिमिरेले नयाँ चलचित्र ‘दर्पण छायाँ २’ निर्माण गरेका छन् ।

प्रदर्शनको करीव १६ बर्षपछी सोहि नाम सोहि ब्राण्ड लिएर आएका तुलसी घिमिरेले ‘दर्पण छायाँ २’ मार्फत पुन नयाँ मुहारलाई चलचित्र क्षेत्रमा डेव्यु गराउदैछन्। पुष्पल खड्का र साहारा कार्की यहि चलचित्र मार्फत नेपाली रजतपटमा डेव्यु गर्दैछन् । यी दूईलाई साथ दिदै अरु दूई कलाकार फिरोज तिम्सिना र श्रद्दा प्रसाई पनि यहि चलचित्र मार्फत डेब्यु गर्दैछन् । राज र स्मृतिको त्यो मुहार दर्शकले पक्कै पनि पुष्पल र साहारामा दर्शकले खोज्नेछन् ।


पुष्पल खड्का नेपाली मोडलिङ क्षेत्रमा निकै लोकप्रिय नाम हो। म्युजिक भिडियो मार्फत धेरै राम्रो फ्यान फलोईङ बनाएका पुष्पलले यो संगै ‘मंगलम’ चलचित्रको सुटिङ सम्पन्न गरेका छन्।

साहारा कार्की भने नेपाली दर्शकको लागि नयाँ नाम हो। अमेरिका बसोबास गर्ने साहाराले ‘दर्पण छायाँ २’ को गीत र ट्रेलर मार्फत निकै राम्रो प्रतिक्रिया बटुलिरहेकि छिन्। अमेरिकामा अध्यनरत साहारा आफ्नो होम प्रोडक्सन मार्फत चलचित्र नगरीमा प्रवेश गरेकी हुन्। तर उनि भन्छिन्, म होम प्रोडक्सन भएको करण मात्रै चलचित्र क्षेत्रमा आएकी हैन । पक्कै पनि म मा केहि प्रतिभा देखेर निर्देशक तुलसी घिमिरेले मलाई चलचित्रमा लिनु भयो । राम्रो चलचित्र पाएमा म होम प्रोडक्सन बाहिरका चलचित्रमा काम गर्न उत्तीकै लालायित छु ।’

पुष्पल र साहारा दुवैलाई सम्भावन बोकेका कलाकारको रुपमा हेरिएको छ। त्यसमाथि नाम चलेका निर्देशक र नाम चलेको चलचित्र मार्फत नाम सापटी लिएर निर्माण भएको चलचित्र लाई दर्शकले निकै राम्रो बनेको अपेक्षा पक्कै गरेका छन् ।
फाल्गुन २७ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रले पक्कै यी कलाकारको नेपाली चलचित्रको भविस्य निर्धारण गर्नेछ ।

तस्विर: मिलन ढुंगाना 

Comments

comments