स्याटलाइट राइट बिक्रीमा बलिउडकै महँगो बन्यो रजनीकान्तको चलचित्र २.०

loading...

बलिउड स्टार अक्षय कुमार र साउथका सुपरस्टार रजनीकान्त मुख्य भूमिकामा रहेको चलचित्र २.० को स्याटलाइट राइट भारतीय चलचित्र उधोगमै सर्वाधिक मुल्यमा बिक्रि भएको छ। चलचित्रको स्याटलाइट राइट ११० करोड भारुमा बिक्रि भएको छ।

चलचित्रको स्याटलाइट राइट जी टिवी नेटवर्कले खरिद गरेको छ। हिन्दि, तमिल र तेलगु भाषामा बनेको चलचित्र करिव ४०० करोड भारु लगानीमा निर्माण भएको छ। आगामी दीपावलीमा रिलिजको लक्ष राखिएको चलचित्रलाई शंकरले निर्देशन गरेका छन् भने चलचित्रमा रजनीकान्त, अक्षय कुमार र एमी जैक्सनको मुख्य भूमिकामा रहेका छन्।-एजेन्सी

Comments

comments