‘रामकृष्ण ढकाल एकल साँझ’ चैत्र १८ मा

loading...

विन्ध्यवासिनी फाउण्डेसनको सहयोगार्थ राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा चैत्र १८ गते ‘रामकृष्ण ढकाल एकल साँझ’ आयोजना हुने भएको छ। सो कार्यक्रममा ढकालको साथमा ‘ब्याक अफ ब्याण्ड, द भ्वाइस’का १० जना वाद्यवादक रहनेछन् ।


शुक्रबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा सो कार्यक्रमको बारेमा जानकारी गराईएको थियो। उक्त एकल साँझमा ढकालले २० वटा गीत प्रस्तुत गर्नेछन्। नयाँ पुराना गरेर २० वटा गीत गाउने तयारीमा रहेका ढकाललाई गायिका देविका बन्दना, जुना प्रसाई, र प्रविशा अधिकारीले साथ दिनेछन्।

Comments

comments