सात दिनको लागि जेल जाँदै रणवीर कपुर

loading...

बलिउड अभिनेता रणवीर कपुर यतिबेला आफ्नो नयाँ चलचित्रको लागि जोडतोडले मेहेनत गरिरहेका छन्। अभिनेता संजय दत्तको वायोपिकका लागि रणवीरको कसरत चलिरहेको छ।

चलचित्रको लागि भनेर १३ केजी मोटाएका कपुर सात दिन जेल बस्ने भएका छन्। चलचित्रमा आफ्नो पात्रलाई जीवन्तता दिनको लागि उनि बुधबार भोपलाको सिटि जेल पुगेका छन्। अवैध हतियार राखेको अभियोगमा संजय दत्त पाँच बर्ष जेल बसेका थिए।
चलचित्रमा संजय दत्तको बाबुको भूमिकामा परेश रावल देखिने भएका छन्। चलचित्रमा सोनाम कपुर संजय दत्तको प्रेमिकाको भूमिकामा देखिने छिन्। -एजेन्सी

Comments

comments