रेखाले गरिन् उपमेयरमा लड्न अस्विकार

loading...

अभिनय संगै पछिल्लो समय रेखा थापा राजनीतिमा पनि सक्रिय छिन्। गएको बर्ष राप्रपा मार्फत राजनीतिमा सक्रिय रहेकी रेखा थापा केहि समय अगाडी भएको केन्द्रीय अधिवेशनमा केन्द्रीय सदस्यमा भारी मतले विजयी भएकी थिइन्।


राप्रपाको देशभरका कार्यक्रममा सहभागी भएकी रेखाले राप्रपा भित्र आफ्नो बलियो पकड बनाउदै आएकी छिन्। यहि क्रममा केहि दिन अगाडी रेखा थापाले काठमाडौंबाट उपमेयर पदमा लड्ने चर्चा चल्यो। वैशाख ३१ गतेलाई हुने स्थानीय तहको निर्वाचनको लागि रेखा थापालाई राप्रपाले उपमेयर पदको लागि सिफारिस गरेको थियो।

तर रेखाले उपमेयर पदमा आफु नलड्ने बताएकी छिन्। उनले आफु उपमेयर पदमा लड्ने कुरा झुटो भएको बताएकी छिन्। राप्रपा काठमान्डौ कार्यसमितीले उनलाई उपमेयर पदमा सिफारिस गरेको थियो। एक अन्तर्वार्ताको क्रममा उनले आफु उपमेयर पदमा नलड्ने र केन्द्रिय कार्यसमितिले लड्नै पर्छ भनेमा आफु मेयरमा नै लड्ने बताएकी छिन्। उनले आफु अहिले उमेदवार भएर भन्दा पनि पार्टीको अन्य सदस्यलाई सघाउने बताएकी छिन्।

Comments

comments