रेणु दाहाल र रन्जु दर्शना माथि रेखाको टिप्पणी

loading...

पहिलो चरणको स्थानिय निकायको निर्वाचनको नतिजा आउने क्रम चलिरहेको छ। देशभर बाट नतिजा आउने क्रम चलिरहेको बेला काठमाण्डौ र भरतपुरको चुनावी नतिजालाई लिएर धेरैको चासो र चिन्ता बढिरहेको छ।


दूई क्षेत्रमा बढी चासो हुनको कारण काठमान्डौ देशको राजधानी र दोश्रो भरतपुर बाट प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दाहाल उठ्नु हो।
सामाजिक संजालमा प्रचण्ड पुत्री रेणु दाहाललाई लिएर अनेक टिप्पणी हुन थालेका छन्। सामाजिक संजालमा देखिएको अनेकन टिप्पणीलाई लिएर अभिनेत्री तथा राप्रपा नेत्री रेखा थापाले गुनासो पोखेकी छिन्। फेसबुकमा स्टाटस राख्दै उनले सामाजिक संजालमा सच्चा नेपाली र योग्य मानिसले यस्तो काम नगर्ने बताएकी छिन्।

उनले राखेको स्टाटस यस्तो छ,
काठमाडौँमा रञ्जु र्दशनाको कम मत हुँदापनि जितेको देख्ने दुनियाँ र चितवनमा रेणु दाहालले जित्न खोज्दा पनि हारेको देख्न चाहने दुनियाँ देखेर अच्चम मात्रै होईन,अन्यायको अनुभूत भएको छ ।
मेरो लागि दुवै नारीले जित्नुपर्छ ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
सामाजिक सञ्जालमा रेणु दाहललाई जुन रुपमा लखेट्न थालिएको छ । यो सच्चा नेपाली र योग्य मानिसले गर्ने काम हो जस्तो लाग्दैन। जयें नेपाली जनता

Comments

comments