के साच्चै सुरुवात भएको हो आमिर र शाहरुखको मित्रता ?

loading...

बलिउडमा तीन खानहरुको सम्वन्धले मीडियामा सधै चर्चा पाउने गर्दछ। केहि समय अगाडी सम्म बलिउडमा शाहरुख र सलमान खान बीच जोडिएको मित्रताले निकै चर्चा पायो।


पछिल्लो समय आमिर र शाहरुख बीच निकटता जोडिएको भारतीय संचार माध्यमले जनाएका छन्। केहि दिन अगाडी यी दूई एकसाथ एक तस्विरमा देखिएका छन्। यी दूइको एकसाथ तस्विर बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरले आफ्नो टूइटरमा शेयर गरेका छन्। एक अर्काको बारेमा निकै खुलेर टिप्पणी गर्ने यी दूईको सम्वन्ध अव सुध्रिएको अनुमान लगाउन थालिएको छ। -एजेन्सी

Comments

comments