तितो सत्यका ‘यो माइ लभ’ बिष्णुभक्त फूयॉलको निधन

loading...

बरिष्ठ रंगकर्मी तथा टेलिचलचित्रका कलाकार बिष्णुभक्त फूयॉलको नाटक गर्दागर्दै निधन भएको छ। मंगलबार जमल स्थित राष्ट्रिय नाचघरमा नाटक गर्दागर्दै उनको निधन भएको हो। नाटक मन्चनको क्रममा नै बेहोस भएका उनको वीर अस्पतालमा निधन भएको हो। उनलाई वीर अस्पतालको आकस्मिक कक्षमा पुर्याउन साथ उनको निधन भएको घोषणा डाक्टरले गरेका थिए।

‘महर्षी वाक्यालव्य’ नाटकमा उनि यतिबेला काम गरिरहेका थिए। केहि समय पहिले बन्द भएको टेलिचलचित्र तितो सत्यमा ‘यो माइ लभ’ बाट उनि निकै चर्चित भएका थिए।

यसअघि नै पत्नी गुमाईसकेका फूयॉलका तीन छोरा रहेका छन्। उनि केहि बर्षयता एक्लै बस्दै आएका थिए। बुधबार दाहसंस्कार गरिने बताईएको उनको एक छोरा विदेशमा रहेका छन्।

लामो समयसम्म तितो सत्यमा काम गरेका फूयॉलको अन्तिम श्रद्धाञ्जलीको लागि भोलि एघार बजेदेखि दूई बजेसम्म प्रज्ञा प्रतिष्ठानमा राखिने कलाकार तथा निर्देशक दिपाश्री निरौलाले बताएकी छिन् ।

बरिष्ठ कलाकार बिष्णुभक्त फूयॉल प्रति हार्दिक श्रद्दा सुमन

Comments

comments