सचिनको बायोपिक हेर्न सेलिब्रेटीको ओईरो, जान्नुहोस को को पुगे

loading...

सचिन तेन्दुलकरलाई क्रिकेटका भगवानको रुपमा परिभाषित गरिने गर्दछ। उनी सचिनको जीवनीमा आधारित बायोपिक चलचित्र ‘सचिन: अ बिलियन ड्रिम्स’ को भव्य प्रिमियर शो सम्पन्न भएको छ। बुधबार मुम्बईमा आयोजिक प्रिमियर शोमा सेलिब्रेटीहरुको वर्चश्व रहेको थियो।

बलिउड सुपरस्टारहरु अमिताभ बच्चन, आमिर खान, साहरुख खान अभिनेता अभिषेक बच्चन, रणवीर सिंह, अभिनेत्री ऐश्वर्य राय बच्चन, अनुष्का शर्मा लगायत बलिउड हस्तीहरु सचिनको बायोपिक हेर्न पुगेका थिए।


त्यस्तै उक्त कार्यक्रममा भारतीय क्रिक्रेटरहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।भोलि शुक्रबार बाट प्रदर्शनमा आउने चलचित्रको बुधबार दूईवटा शो राखिएको थियो। एक शोमा क्रिकेटका हस्तीहरु सहभागी थिए भने दोश्रो शोमा बलिउड कलाकारको उपस्थिति रहेको थियो।

Comments

comments