यसरि बनेका थिए सलमान खान सुपरस्टार

loading...

सलमान खानको नयाँ चलचित्र ट्युवलाईट रिलिजको तयारीमा रहेको छ। जुन २३ मा उनको चलचित्र रिलिज हुने तयारीमा रहेको छ। सलमानले सन् १९८८ मा ‘वीवी हो तो एसी’ चलचित्रमा छोटो भूमिकामा मार्फत बलिउडमा डेव्यु गरेका थिए। उनले मुख्य अभिनेताको रुपमा चलचित्र ‘मैने प्यार किया’ बाट बलिउडमा डेव्यु गरेका थिए। यसै चलचित्रबाट उनि रातारात हिट बनेका थिए। उनि अभिनेताको रुपमा हिट हुनको कारण हुन् अभिनेता- फराज खान।


चलचित्रको लागी भएको कयौ अडिसनबाट अभिनेता फराज खान सेलेक्ट भएका थिए। उनले चलचित्रमा मुख्य भूमिकामा काम गर्नको लागी साईन समेत गरिसकेका थिए। तर सुटिङको समयमा उनि बिरामी परे। पछी निर्देशकलाई सलमान खानको नाम सुझाईएको थियो। कामको खोजीमा रहेका सलमान खान चलचित्रमा अनुबन्धित भएका थिए। सोहि चलचित्र सफल भएपछी उनि एक पछी अर्को चलचित्रमा अनुबन्धित भए र उनि अहिले बलिउडका महँगो अभिनेताको रुपमा गनिन्छन्।

Comments

comments