तस्विरमा हेर्नुहोस सलिनमान र साम्राज्ञीको क्यामेष्ट्री

loading...

अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह पछिल्लो समयकी सर्वाधिक चर्चित अभिनेत्री हुन्। उनि अभिनित ‘ड्रिम्स’ चलचित्र मात्रै प्रदर्शनमा आएको छ।

तर पहिलो चलचित्र मार्फत नै साम्राज्ञीले चर्चा र सफलता दुवै बटुल्न सफल भएकी छिन्। साम्राज्ञीको नयाँ चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शनको तयारीमा रहेको छ। भदौ १६ गतेबाट साम्राज्ञी अभिनित दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शनमा आउने तयारीमा रहेको छ।

साम्राज्ञी संगै यो चलचित्रमा नव-अभिनेता सलिनमान बानियाँ मुख्य भुमिकामा रहेका छन्। डेव्यु अभिनेता सलिनमान र साम्राज्ञी केहि दिन अगाडी राजधानीमा आयोजीत एक कार्यक्रममा साम्राज्ञी र सलिनमान सरिक भएका थिए।


चलचित्रको गीत रिलिज कार्यक्रममा पुगेका दुवै मीडियाको नजरमा परेका थिए।

नयाँ चलचित्र मार्फत निकै उत्साहित रहेक सलिनमान र साम्राज्ञी बताउने गर्दछन्। झरनाको डेव्यु निर्देशन रहेको चलचित्रमा  सलिनमान र साम्राज्ञीको साथमा सलोन बस्नेत, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।

तस्विर: मिलन ढुंगाना 

Comments

comments