यस्तो छ सलमान खानको प्रेम जीवन

loading...

बलिउड अभिनेता सलमान खान ५० बर्ष पार गरिसकेका छन्। उमेरले ५० काटे पनि अविवाहित रहेका सलमान खानको प्रेम जीवनको चर्चा सधै रहने गर्दछ। बलिउडका चर्चित अविवाहित सलमान संग विवहा गर्ने धेरैको चाहाना रहेको हुन्छ।
उनको प्रेम जीवनको चर्चा मिडियामा निकै राम्रो संग चल्ने गर्दछ । धेरै अभिनेत्री संग उनको प्रेम चर्चाको गसिप बन्ने गर्दछ।

१. संगीता बिजलानी
संगीता बिजलानी अभिनेता सलमान खानको पहिलो गर्लफ्रेन्डको रुपमा चिनिने गर्दछिन्। सलमान खानको बलिउड यात्राको सुरुवाती दिनकी प्रेमिकाको रुपमा उनलाई चिनिने गर्दछ। केहि विज्ञापनमा संगै काम गरेका दुवै प्रेममा रहेका थिए। क्रिकेटर मोहम्मद अजरुद्दीन संग उनले विवहा गरेकी थिइन्। सलमान र संगीता अहिले पनि राम्रो साथी रहेका छन्।

२. सोमी अलि
कुनै समय आफुलाई सलमान खानको ठुलो फ्यान बताउने सोमी अलिले पछी सलमान खान संग नै स्क्रिन शेयर गरेकी थिइन्। सलमान संग संगै काम गरेपश्चात नजिकिएका दुवै करिव आठ बर्ष सम्म एक अर्कालाई डेटिङ गरेका थिए। सोमिले सलमान संग विवहाको चाहाना राखेपनि दुवैको सम्वन्ध विग्रिएको थियो।

३. ऐश्वर्य राय बच्चन
बलिउडमा ऐश्वर्य राय र सलमान खानको प्रेम कहानी निकै चर्चित रहेको छ। चलचित्र ‘हम दिल दे चुके सनम’ को सुटिङ समयमा दुवै नजिकिएका थिए। तर सलमान खानले ऐश्वर्य माथि आफ्नो हक जमाउन थालेपछि दुवैको सम्बन्ध चिसिएको थियो। ऐश्वर्यको पिता संग नराम्रो व्यवहार गर्ने, अरु हिरो संग चलचित्र गर्दा हंगामा गर्ने लगायतको व्यवहार देखाउन थालेपछि ऐश्वर्यले सलमान संगको सम्बन्ध तोडेको बताईन्छ।
सलमानलाई अहिलेसम्म विवहा नगर्नुको कारण ऐश्वर्य संगको प्रेम सम्बन्ध समेत बताईन्छ। सलमानले ऐश्वर्यलाई साचो माया गरेको कारण नै उनले अहिलेसम्म विबहा नगरेको बताईन्छ।

४. कटरिना कैफ
सलमान खानले कटरिनालाई बलिउडमा स्थापति हुन निकै ठुलो सहयोग गरेका छन् । पहिलो चलचित्र असफल हुदै गर्दा सलमान खान संग नजिकिएकी उनले सलमान खान संग गरेका धेरै चलचित्र सफल दिएकी छिन्। यहि क्रममा दुवैको प्रेम चर्चा बाहिरिएको थियो। दुवैको विवहाको मिति पटक पटक सार्वजनिक भए पनि सवै कुरा हल्लामै सिमित भएको थियो।

५. युलिया वतुर
रोमानिया नागरिक युलिया पछिल्लो समय अभिनेता सलमान खान संग नजिकिएकी छिन्। दुवै प्रेम सम्बन्धमा रहेको चर्चा समेत चल्ने गर्दछ।

यी बाहेक अरु धेरै अभिनेत्री तथा मोडल संग सलमानको प्रेम चर्चा रहने गर्दछ। बलिउडका लोकप्रिय अविवाहितमा सलमान पर्ने गर्दछन्। उनीभन्दा आधा उमेरका महिला उनीसंग विवहा गर्न तयार हुने गर्दछन्।

Comments

comments