अविवाहित सलमान छोरीका बाबु बन्दै

loading...

वलिउड स्टार सलमान खान अविवाहित रहेका छन्। अविवाहित सलमान चाडै छोरीका पिता बन्दैछन। उनि रियलमा कहिले पिता बन्ने हो त्यो त समयले बताउला तर यतिबेला उनले एक चलचित्रमा पिताको भूमिकामा निर्वाह गर्न लागेका हुन्। हालै मात्र रिलिज भएको आमिर खान अभिनित चलचित्र ‘दंगल’ बाट प्रेरित भएका सलमान आफ्नो चलचित्रमा पिताको भूमिकामा देखिन लागेका हुन्। यस अगाडी उनि चलचित्र ‘जब प्यार किसी से होता है’ मा उनि पिताको रोलमा देखिएका थिए।

डान्समा आधारित चलचित्रमा उनि १३ बर्षीय किशोरीका पिताको भूमिकामा देखिने छन्। उनले डान्समा आधारित चलचित्रको लागि आफुले निकै मिहिनेत गर्नु परेको बताएका छन्।

Comments

comments