सलमानको ‘ट्यूबलाइट’मा साहरुखको केमियो, बने जादुगर

loading...

बलिउडमा सलमान खान र साहरुख खानको चर्चा सधै हुने गर्दछ। कुनै समय एक अर्काको बोलचाल बन्द गरेका यी दुवै पछिल्लो समय मित्रता निकै नजिकिएको छ। एक अर्काको प्रशंसा गर्न र एक अर्काको चलचित्रको प्रचार गर्न यी दूई थाक्दैनन्।


सलमान खान अभिनित चलचित्र ‘ट्यूबलाइट’मा साहरुख केमियो भूमिकामा देखिदैछन्। यो चलचित्रको यतिबेला छायाँकन चलिरहेको छ र भारतिया मिडियाका अनुसार साहरुख यो चलचित्रमा जादुगरको भूमिकामा देखिदैछन।
यो बर्षको इदमा रिलिज गर्ने तयारीमा रहेको चलचित्रको लागि साहरुखले आफ्नो अनुहारमा ट्याटु समेत बनाएका छन्।

Comments

comments