सलोन मेरो तेश्रो व्याईफ्रेन्ड म उसको २७ औ गर्लफ्रेन्ड: करिश्मा श्रेष्ठ

loading...

अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठको प्रेम चर्चा सिनेनगरीमा पुरानो बिषय नै हो। दुवैजना प्रेम सम्बन्धमा रहेको चर्चा चलेको निकै लामो समय भैसकेको छ। दुवैले सार्वजनिक रुपमा आफ्नो प्रेम सम्बन्धको बारेमा कुरा नगरे पनि दुवैको निकटतम सम्बन्धलाई धेरैले प्रेम सम्बन्धको नाम दिने गरेका छन्।

यहि बिषयमा दुवैले मिडियामा पहिलोपटक बोलेका छन्। चलचित्र ‘बाबु कान्छा’ मा एकसाथ काम गर्न लागेका यी दूईले आफ्नो प्रेम सम्बन्धको बारेमा मुख खोलेका हुन्।

दुवैले आफुहरु कुनै समय प्रेममा रहेको तर अहिले त्यो प्रेम सम्वन्ध नरहेको बताएका छन्। सलोन भन्छन्, ‘कुनै समय हामी निकट थियौ। हामीले त्यसलाई प्रेमको नाम दिने प्रयास समेत गरेका थियौ। तर पछी हामीलाई लाग्यो त्यो आकर्षण मात्रै थियो। ‘
यहि बिषयमा करिश्मा थप्छिन्,’त्यो समय हामी परिपक्क थिएनौ। हामीले आकर्षणलाई प्रेमको नाम दिएछौ। ‘

अब दुवैको निकटता मित्रतामा मात्रै सिमित छ वा दुवै गहिरो प्रेममा छन् त्यो भने यी दुईलाई नै थाहा होला।

Comments

comments