सुटिङको क्षण सम्झदै जब भावुक बनिन् साम्राज्ञी (भिडियोसहित)

loading...

बजारमा यतिबेला साम्राज्ञीराज्य लक्ष्मी शाह र ‘ए मेरो हजुर २’ को चर्चा यतिबेला चुलिएको छ। युवापुस्ता माझ निकै लोकप्रिय साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर २’ को शिर्ष गीत रिलिज भएपछी बजारमा चलचित्र र साम्राज्ञीको हाइप चुलिएको छ।

विश्वको सर्वोच्च स्थानामा रहेको तिलिचो तालमा पुगेर खिचिएको गीतका दृश्य निकै सुन्दर रहेका छन्। केहि दिन अगाडी एक कार्यक्रम गरेर गीत सार्वजनी गरिएको थियो। सोहि कार्यक्रममा बोल्दै चलचित्रकी अभिनेत्री साम्राज्ञीले सुटिङ गर्दा निकै गाह्रो भएको अनुभव सुनाईन्। उनले चिसो र उकालो अनि अप्ठ्यारो बाटो हिडेर लोकेशन सम्म पुग्न पर्दा आफु धेरै पटक रोएको स्मरण गरिन्।

‘ड्रिम्स’ चलचित्र पछी उनको दोश्रो प्रोजेक्टको रुपमा काम गरेकी साम्राज्ञीले उही डर र उही उत्साहको साथमा आफुले काम गरेको बताईन्। उनले चलचित्रको यो सुटिङ यात्रा जीवनभर आफुलाई याद रहने बताईन्।

Comments

comments