सन्दिप सापकोटाको नेतृत्वमा चलचित्र पत्रकार संघ नेपालको नयाँ कार्यसमिति

loading...

चलचित्र पत्रकार संघ, नेपालको सातौं महाधिवेशनबाट नयाँ कार्यसमिति चुनिएको छ। सन्दिप सापकोटाको नेतृत्वमा ३ बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन भएको हो।

 

 

अध्यक्षका प्रत्यासी लक्ष्मण सुवेदीलाई २१ मतअन्तरले पछी पार्दै सापकोटा अध्यक्ष पदमा विजयी भएका हुन्। त्यस्तै उपाध्यक्ष संगठन तर्फ दिनेश सिटौला निर्विरोध निर्वाचित भए भने उपाध्यक्ष कार्यक्रमतर्फ श्याम अर्याल विजयी भए। निर्वाचित श्यामका प्रतिस्पर्धीको रुपमा अशेष अधिकारि रहेका थिए। त्यस्तै महिला उपाध्यक्ष तर्फ शारदा थापालाई हराउदै गीता अधिकारी विजयी भईन्।
सचिव पदमा कुवेर गिरीलाई पराजित गर्दै वैकुण्ठ पराजुली विजयी भए भने महा-सचिवमा अनिल यादवले प्रत्यासी विजय सुवेदी (आवाज) लाई पछी पारेका थिए। अनिलले विजयलाई २ भोटले पछी परेका थिए।


कोषाध्यक्षमा कुवेर डंगोल, सह-सचिवमा जीवन पराजुली र सचिव (समावेशी) मा समिर बलामी निर्विरोध निर्वाचित भए।

त्यस्तै कार्यसमिति सदस्यतर्फ समावेशीमा बिशाल राई र महिला तर्फ दिपज्योति थापा निर्बिरोध निर्वाचित भएका थिए।
खुल्ला तर्फको ६ सिटका लागि भएको प्रतिस्पर्धामा बर्षा बस्नेतले सर्वाधिक मत ल्याएकी छिन्।

बर्षाले ८८ मत ल्याएकी थिइन्। त्यस्तै उत्सव रसाईलीले ८४ मत ल्याएका थिए। खुल्ल सदस्य तर्फ उनि दोश्रो अत्याधिक मत ल्याएर विजयी भएका हुन्।

बाबु सुरेश दुलाल, विकास लामिछाने, कृष्ण भट्टराई र मनिष कार्की पनि कार्यसमिति सदस्यमा विजयी भएका छन्।
त्यसै केन्द्रीय सभासदमा डब्बू क्षेत्री, राजन घिमिरे, शान्तिप्रिय, सुब्रतराज आचार्य, विदुर गिरि, धनबहादुर खड्का, अशोकप्यासी राई, बिष्णु प्रसाद सुवेदी र नेमिष गौतम विजयी भएका छन् भने महिलातर्फ स्वस्तिका पन्थी चिलवाल, जयन सुब्बा मानन्धर र रश्मि थापा ‘लक्ष्मी’ निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश सभासदमा भने १६ जना निर्विरोध निर्वाचित भएका छन्। निर्वाचित हुनेमा राजेश खनाल, मन्जु गौरे, मनोज केसी, विजयरत्न तुलाधर, रघुनाथ सापकोटा, आर.डी श्रीखला, अमृत पुडासैनी, याम कुमारी थापा, सन्ध्या थापा, राजेन्द्र लुईंटेल, पुष्पा थपलिया, सुरज खड्का, चिरन्जीवी सापकोटा, नवराज ढुंगेल, सुरज पौडेल र अनिल थापा रहेका छन्।

Comments

comments