चलचित्र ‘प्रेमगीत २’को ट्रेलरमा डिसलाईक बढी हुनु सुनियोजित हो- सन्तोष शेन

loading...

चलचित्र ‘प्रेमगीत २’ को ट्रेलर सोमबार सार्वजनिक भएको छ। निकै प्रतिक्षित मानिएको ट्रेलर सोमबार सार्वजनिक भएसंगै एक दिनमा चलचित्रको ट्रेलरले तीन लाख भन्दा बढी भ्युअर्स पाएको छ। तर चलचित्रको ट्रेलरले लाईक भन्दा बढी डिसलाइक पाएको छ। यो समाचार तयार पर्दासम्म करिव १० हजार लाईक पाएको ट्रेलरले झन्डै १२ हजार बढी डिसलाईक पाएको छ। सामान्यतया यस्तो कमै मात्र हुने गर्दछ।

किन भयो त डिसलाईक बढी भन्ने प्रश्न यतिबेला सवैतिर उब्जिएको छ। यहि बिषयमा निर्माता सन्तोष शेनले फेसवुक लाईभ मार्फत आफ्नो प्रतिक्रिया जनाएका छन्। उनले यो सुनियोजित भएको समेत बताएका छन्। उनले मेरा शत्रु अथवा मित्रे कसले यस्तो गरिरहेको छ सवैलाई धन्यवाद समेत भनेका छन्। साउन १३ गते रिलिज हुने चलचित्रमा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेका छन्।

Comments

comments