निर्माता विवादमा फस्यो सौगात र शृष्टिको ‘लालपुर्जा’

loading...

केहि समय अगाडी छायाँकन सकिएको चलचित्र ‘लालपुर्ज’ २ निर्माताको लफडामा परेको छ। टेकेन खड्का र माधव वाग्लेको संयुक्त लगानीमा बनेको चलचित्र दुई निर्माताको विवादमा फसेको छ। निर्माता टेकेन खड्काले काठमान्डौमा पत्रकार सम्मेलन गर्दै निर्माता वाग्लेलाई चलचित्रको निर्माताबाट हटाएको जानकारी दिएका छन्।


उनले निर्माता वाग्लेले लगानी गर्छु भनेको पैसा नदिएको बताएका छन्। निर्माता खड्काका अनुसार वाग्लेले अहिलेसम्म ३ लाख २ हजार लगानी गरेको र सो रकम वाग्लेलाई फिर्ता दिने बताएका छन्। खड्काले निर्माता वाग्लेले दिएको ५ लाखको चेक समेत बाउन्स भएको बताएका छन्। उनले वाग्लेले हाइलाइट्स नेपालबाट ३५ लाख लिएको र सो रकम चलचित्रमा लगानी भैसकेको जानकारी दिए।
निर्माता माधव वाग्ले भने यतिबेला अमेरिकामा रहेका छन्।अमेरिकामा रहेका वाग्लेले सामाजीक संजाल फेसवुक मार्फत आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्। उनले स्टाटस राख्दै आफुले आर्थिक हिनामिना नगरेको बताएका छन्। उनले आफ्नो हिसा वापतको लागनी गरेको र त्यसको प्रमाण आफुसंग भएको बताएका छन्। उनले आफु नेपाल नभएको समयमा आफ्नो मानहानी गरिएको समेत बताएका छन्।

निगम श्रेष्ठले निर्देशन गरेको चलचित्रमा विक्रम सिंह कार्यकारी निर्माता रहेका छन्। चलचित्रमा सौगात मल्ल, कामेश्वर चौरासिया ,शृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments