सौगत र प्रियंकाको ‘फाटेको जुत्ता’ ईन्डक्ल्याप, कसरि भयो १५ लाख बढी खर्च?

loading...

सौगात मल्ल र प्रियंका कार्की मुख्य भूमिकामा रहेक चलचित्र ‘फाटेको जुत्ता’ को छायाँकन सकिएको निर्माण टिमले जानकारी दिएको छ। ३२ दिन लगाएर चलचित्रको छायाँकन वीरगन्जमा सकिएको छ।

रोमान्टिक कमेडी जनरमा आधारित चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन्। आफुहरुले सोचेको भन्दा करिव १५ लाख बढी खर्चमा चलचित्रको छायाँकन सकिएको निर्माण टिमले जानकारी दिएको छ।

स्थानीय निकायको चुनावको विरोधमा राष्ट्रिय जनता पार्टीले गरेको बन्दको कारण सोचेको भन्दा बढी खर्च आएको निर्माण टिमले जानकारी दिएको छ। चलचित्र कार्तिक १७ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ।
चलचित्रमा सौगात र प्रियंकाको अलावा कामेश्वर चौरासिया, रविन्द्र झा, बर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments