‘रईस’ को छत्तीसगढ र गुजतारमा विरोध, चार जना पक्राउ

loading...

बलिउड अभिनेता शाहरुख खानको चलचित्र ‘रईस’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। पाकिस्तानी अभिनेत्री महिरा खान संग स्क्रिन शेयर गरेका शाहरुखको ‘रईस’ को विरोधमा छत्तीसगढ र गुजतारमा प्रदर्शन भएको छ। उनको विरोधमा वजरंग दलका कार्यकरताले प्रदर्शन गरेका छन्।


प्रदर्शनको क्रममा प्रहरीले चार जनालाई प्रकरु समेत गरेको छ। त्यस्तै राष्ट्रसेना नाम गरेको एक सङ्गठन र विश्व हिन्दु परिषदले सेट यसको बिरोध गरेका छन्। पाकिस्तानी अभिनेत्री मुख्य भूमिकामा देखाईएको चलचित्रलाई गणतन्त्र दिवसको पुर्व सन्ध्यामा रिलिज गर्नुको औचित्य माथि पनि प्रश्न उठाईएको छ।

Comments

comments