सलोनलाई लिएर निर्देशनमा फर्किए शोभित, यस्तो बन्दैछ चलचित्र

loading...

कुनै समय नेपाली चलचित्र निर्माण र निर्देशनमा सक्रिय शोभित बस्नेतको पछिल्लो समय कुनै पनि चलचित्र छैनन्। निकै समय पछाडी गएको बर्ष उनले निकै समय अगाडी निर्देशन गरेको चलचित्र ‘जाउँ हिड पोखरा’ रिलिज भयो। तर हलसम्म आएको चलचित्र कहिले उत्रियो उनले समेत पत्तो पाएनन्। निर्देशन छाडेर अभिनयमा सक्रिय देखिएका शोभित पुन: चलचित्र निर्देशनमा फर्किएका छन्।


छोरा सलोन बस्नेतलाई मुख्य भूमिकामा लिएर उनले ‘बाबु कान्छा’ चलचित्र निर्माणको घोषणा गरेका छन्।चैत्र महिनाबाट फ्लोअरमा जाने लक्षका साथमा यतिबेला चलचित्रको प्रिप्रोडक्सनको काम भैरहेको जानकारी गराईएको छ। यहि क्रममा बिहिबार राजधानीमा चलचित्रको एउटा गीत रेकर्डिङ गरिएको छ. कमल खत्रीको आवाज रहेको गीतमा टंक बुढाथोकीले संगीत भरेका छन्। सलोन मात्रै पक्का भएको चलचित्रमा अरु कलाकारको छनोट चाडै हुने जानकारी गराईएको छ।

Comments

comments