श्रीकृष्ण पत्नी स्वेता दयाहाङ कि कान्छी बन्न तयार

loading...

निर्मात्री तथा अभिनेत्री स्वेता खडका आफ्नो पछिल्लो रिलिज ‘कोहिनुर’ पछी कुनै पनि चलचित्रमा देखिएकि छैनन्। आफ्ना पति श्रीकृष्ण श्रेष्ठको निधन पछी उनि निकै लामो समयसम्म शोकमा रहिन्। बिस्तारै शोकबाट बाहिर निस्किएर सार्वजनिक कार्यक्रममा सक्रिय हुन थालेकी स्वेताले दयाहाङ राई संग चलचित्र खेल्ने चर्चा केहि समय अगाडी बाट चल्दै आएको छ।

चलचित्र वृतमा हल्ला चलिरहेको बेलामा उनको पुनरागमन पक्का भएको छ। आफ्नै लगानीमा निर्माण हुन लागेको उनको चलचित्रको नाम ‘कान्छी’ राखिएको छ।
दयाहाङ राई र स्वेता खड्का मुख्य भूमिकामा रहने चलचित्रलाई कोहिनुर निर्देशक आकाश अधिकारीले निर्देशन गर्नेछन्। पुरुषोत्तम प्रधानले खिच्ने चलचित्र जेष्ठ बाट फ्लोअरमा जाने बताईएको छ।

Comments

comments