सिन्धुपाल्चोक पुगेर श्रीकृष्णको तस्विर छुदै स्वेताको कसम….

loading...

अभिनेत्री स्वेता खड्का केहि महिना अगाडी सिन्धुपाल्चोकको माझि बस्ति पुग्दा उनलाई भव्य स्वागत गरिएको थियो । स्वर्गीय अभिनेता तथा स्वेता पति श्रीकृष्ण श्रेष्ठको जन्म जिल्ला सिन्धुपाल्चोकमा रहेको माझि बस्तिमा घर निर्माणको लागि उनि त्यहाँ पुगेकी थिइन् ।


बस्ति निर्माण गर्ने घोषणा गरेको केहि समय पछी उनि पुन: सोमबार सोहि माझी बस्तीमा पुगिन् । देशका सिद्ध हस्त व्यक्तिहरुको साथमा स्वेता त्यहा पुगेकी थिइन् । स्वेता त्यहाँ पुग्नुको कारण थियो, उनले घोषणा गरेको बस्तीको शिलन्यास गर्नु। ‘हाम्रो रहर सानो घर’ भन्ने मूल नारा लिएर ‘स्वेता श्री फाउन्डेसन’ ले सिन्धुपाल्चोकको माझि बस्तीमा ६० बढी घर निर्माण गर्ने लक्ष्य राखेको छ ।


बस्तीको शिलन्यास गर्न राष्ट्रिय पूननिर्माण प्राधिकरणका सीइओ डाक्टर गोविन्द पोखरेल, पूर्व प्रधान सेनापति रुक्मागत कटुवाल, डाक्टर भोला रिजाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नायक निखिल उप्रेती, कलाकार बसुन्धरा भुषाल, वितरक गोपाल कायस्थ, गायकद्धय प्रमोद खरेल र यूवराज चौलागाई, हाँस्य कलाकार जितु नेपाल माझी बस्ती पुगेका थिए ।


कार्यक्रममा बोल्दै निकै भावुक बनेकी श्वेताले स्वर्गीय पति श्रीकृष्णको तस्विर छुदै कसम खाएकी छिन्। स्थानीय बासि, पत्रकार र विशिष्ट व्यक्तिको सामुन्ने उनले कसम खाएको छिन् ।
उनले श्रीको तस्विर छुदै भनिन्,’ म उहाको तस्विर छुदै भन्छु कि, माझि बस्ति निर्माण र हस्तान्तरण सम्पन्न भएपछी मात्रै मेरो अनुहारमा खुशी मिल्नेछ ।’
स्वर्गिय पति श्रीकृष्णको चाहना समाजसेवा रहेकाले उनको सपना पुरा गर्न आफू यो कार्यमा होमिएको स्वेताले बारम्बार बताउँदै आएकी छिन् ।

तस्विर: सरोज बैजु

Comments

comments