दुई साता भित्र बस्ति सिलन्यास घोषणा सहित निर्माणमा सहयोग गर्नेलाई स्वेताका सम्मान (भिडियोसहित)

loading...

निर्मात्री तथा अभिनेत्री स्वेता खड्का केहि समय देखि श्वेता श्री फाउन्डेसन खोलेर समाजसेवामा सलंग्न छिन्। केहि समय अगाडी फाउन्डेसन मार्फत उनले सिन्धुपाल्चोकमा रहेको माझि वस्ती निर्माणको घोषणा गरेकी थिइन्। घोषणा संगै उनलाई धेरैले आर्थिक सहयोग गरेका छन्।

सोहि क्रममा श्वेताले सो बस्ति निर्माणको लागि आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई सम्मान प्रदान गरेकी छिन्। शुक्रबार पुतलीसडक स्थित फाउन्डेसनको कार्यालयमा उनले एक कार्यक्रमको आयोजन गर्दै उनले सम्मान प्रदान गरेकी हुन्।
सम्मानित हुने अमेरिकाबाट ३ लाख सहयोग गर्ने श्री पराजुली, एक लाख सहयोग गर्ने काभ्रेकी शान्ता डाँगी, पचाँस हजार सहयोग गर्ने सामाखुशीकी शान्ता बस्नेत, जापानमा रहेर पचाँस हजार सहयोग गर्ने आरोही सुवेदी, २५ हजार सहयोग गर्ने कोरियामा बस्दै आएका ब्रजेश श्रेष्ठ र श्वेताश्री फाउन्डेशनको कार्यलयका लागि एक थान कप्युटर सहयोग गर्ने केयर सोलुसन रहेका छन्।

दूई साता भित्रमा बस्तीको शिलन्यास गरिने स्वेताले जानकारी दिएकी छिन्। करिव १६ रोपनी जग्गामा ६३ घर धुरिसहित बाल बगैचा, बाटो बायोग्यास सहितको बस्ती निर्माणको कुल लागत करिव ५ करोड ४२ लाख हुने बताइएको छ। बस्ति निर्माणको लागि सरकारले ३ लाख अनुदान दिनेछ भने बाँकी रकम स्वेता श्री फाउन्डेसनले जुटाउने छ।

Comments

comments