सिद्धुको माग मन्त्रि भएपछी पनि टेलिभिजन शो मा काम गर्न पाउनुपर्छ

loading...

भारतीय पूर्व क्रिकेटर नवोजित सिंह सिद्धु पंजावमा मन्त्रि नियुक्त भएका छन्न्। मन्त्रि पदमा नियुक्त भए संगै पन्जबाका एड्भोकेट जनरलले उनलाई टेलिभजन शोमा काम गर्न नसक्ने बताएका थिए। मन्त्रि भैसकेपछि टेलिभिजन शो गर्नु अवैधानिक हुने उनको भनाई थियो।

मुख्यमन्त्री अमरिन्दर सिंहले यस बिषयमा राय मागेपछि यसको बिषय हुदैन भन्ने जवाफ आएको थियो। कानुनमा यसको कुनै व्यवस्था नभएपनि यसो गर्नु नैतिक नभएकाले उनलाई शोमा काम गर्न नमिल्ने बताईएको हुन्। तर यो निर्णयको बिरोध गर्दै सिद्धुले आफुले टेलिभिजनमा काम गर्न पाउनुपर्ने बताएका छन्। उनले आफ्नो परिवार पालन र घर व्यावहार चलाउन आफुले शो गर्न पाउनु पर्ने माग गरेका हुन्। उनि भन्छन, ‘मैले मेरो परिवार पाल्न र घर चलाउन टिभी शो गर्दै आएको छु र यो मैले गर्न पाउनु पर्छ।’

सिद्धुको समर्थनमा बोल्दै मुख्य मन्त्रि अमरिन्दर सिंहले पनि मन्त्रीले काम गर्र्न पाउनुपर्ने बताएका छन्। उनले काम नगरी परिवार पाल्न नसकिने बताउदै मन्त्रीहरुको आम्दानि रोकेर उनीहरुलाई भ्रष्ट बनाउन नमिल्ने बताएका छन्। सिद्धुले आफू मन्त्री भएर मात्र पैसा कमाउन भ्रष्ट हुन नसक्ने बताउँदै परिवार पाल्ने र घर चलाउने पैसा टिभी शोबाट कमाउने बताएका छन्।

सिद्धु थप्छन्, ‘मलाई भोट दिलाएर जिताउने जनतालाई मैले टिभी शोमा काम गरेर कुनै आपत्ति छैन भने अरु कसैलाई हुन् जरुरि छैन।’ सिद्धुले र मुख्य मन्त्रीले एड्भोकेटको अन्तिम निर्णयको पर्खाई भैरहेको बताएका छन्। -एजेस्नी

Comments

comments