फरार गायक प्रकाश ओझा पक्राउ

loading...

‘बाउ ले बिहे गर्दैनन्..’, ‘ए बाउ भात खान आउ..’ जस्ता चर्चित गीतका गायक प्रकाश ओझा पक्राउ परेका छन्। सेक्स काण्डमा दोषी ठहरिए पछी फरार रहेका गायक ओझालाई काठमाडौंको शंखमुलबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो।माघ ४ गते प्रहरीले उनलाई सेक्स काण्डमा दोषी ठहर गरेको थियो। दोषी प्रमाणित पश्चात सर्वोच्च अदालतले उनलाई १० बर्षको जेल सजाउ सुनाएको थियो। अदालतको फैसला संगै फरार बनेका ओझालाई शुक्रबार प्रहरीले पक्राउ गरेर शुक्रबार नै केन्द्रीय कारागार सुन्धारा पठाईएको छ।


२०५९ सालदेखि तीन जना नाबालिका संग दूई वर्ष सम्म अनैतिक सम्बन्ध राखेको र अश्लील तस्बिर तथा भिडियो खिचेर उक्त तस्विर र भिडियो देखाएर सार्वजनिक गरे मार्नेसम्म धम्की दिएको आरोप ओझा माथि लागेको र सोहि आरोप प्रमाणित गर्दै सर्वोच्चले उनलाई १० बर्षको सजाय सुनाएको हो।

Comments

comments