सुपरस्टार रजनिकान्तलाई डनको छोराको धम्की

loading...

चर्चित अभिनेता रजनीकान्तलाई धम्की आएको छ। कुनै समय मुम्बईका डन हाजी मस्तानका छोरा सुन्दर शेखरले उनलाई धम्की दिएका हुन्। उनलाई एक पत्र मार्फत धम्की दिइएको हो।

धम्कीमा भनिएको छ, ‘हाजी मस्तानमा आधारित फिल्म बनाइरहेको भए ठीकै छ, तर फिल्ममा यदि रजनीकान्तले हाजी मस्तानलाई नकारात्मक भूमिकामा देखाए भने, रजनीकान्तलाई छोडीदैन।’
रजनीकान्त निर्देशक पा रंजित संगमिलेर मुम्बईको डन हाजी मस्तानको जीवनमा आधारित चलचित्र बनाउने तयारीमा रहेका छन्।
मस्तानका छोराले रजनीकान्तलाई पत्रमा पितालाई स्मगलर वा डनको रुपमा नदेखाउन धम्कि दिएका छन्। उनले आफ्नो कुरा नमानेमा कानूनी कारवाही गर्ने चेतावनी समेत दिएका छन्।

Comments

comments