‘रेखा थापाको कोठी र अनमोल केसी मन पर्छ’, टेरिया मगर (भिडियोसंवाद)

loading...

‘झलक दिखला जा’ सिजन ९ को ट्रफी उचालेपछी पहिलोपटक टेरिया मगर केहि दिन अगाडी नेपाल आईपुगेकी थिइन् ।
नेपाल आईपुग्दा उनको भव्य स्वागत गरिएको थियो । उनको स्वागतको लागि एयरपोर्टमा हजारौ शुभचिन्तक पुगेका थिए । छोटो समय काठमाडौं बसेर बुटवल हानिएकी टेरिया मुम्बईमा बस्दै आएकी छिन् । उनि आफ्नो जितको खुशी साट्न र आफुलाई भोट गरेर जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाली जनतालाई घन्यवाद दिनको लागि नेपाल आएकी थिइन्।


त्यसो त यो उनको भारतीय टेलिभिजन मा पहिलो उपाधि होईन । यो भन्दा अगाडी उनले ‘डान्स ईन्डिया डान्स’ को उपाधि समेत जितिसकेकी छिन् ।
निकै खूलेर कुरा गर्न रुचाउने टेरिया मगरले सानै उमेरमा एकपछि अर्को सफलता हासिल गर्दै गएकी छिन् । त्यसो त उनले बलिउडमा कम गर्ने चहाना व्यक्त गरिसकेकी छिन् भने उनिसंग ऋतिक रोशनले आफुलाई चलचित्रमा सहकार्य गर्ने मन भएको अभिव्यक्ति समेत दिइसकेका छन्।
सलमान खानले राम्री भन्दा मख्ख परेको बताउने उनि आफुलाई नेपाली नायक अनमोल केसी खुब मन पर्ने बताउछिन्। उनले आफुले अनमोल केसीको चलचित्र अलिक बढी हेरेको र अनमोल निकै मन पर्ने बताईन् । प्रियंका कार्की र रेखा थापालाई भेट्ने ईच्छा भएको बताउने उनले आफुलाई रेखा थापाको ओठ माथि भएको कोठी निकै राम्रो लाग्ने बताईन् ।
टेरिया मगर नेपाल आएको बेला क्यानाडा नेपाल ले उनि संग जोडेको रमाईलो कुराकानी भिडियोमा प्रस्तुत गरेका छौ ।

Comments

comments